

डोटी : सिद्धान्त विहीन पत्रकार पत्रकार हुन नसक्ने पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताउनु भयो । सोमबार दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै सांसद बलायरले यस्तो बताउनु भएको हो । तर पत्रकारमा भएको सिद्धान्त कहाँ र कसरी प्रस्तुत गर्ने भन्ने कुराले अर्थ राख्ने बलायरको भनाई छ ।
बलायरले समाजको विकास गर्ने दायित्व पत्रकारको पनि रहेको बताउनुभयो । राजनीतिज्ञले राजनीतिक बाटो बिराएको बेला सही बाटो देखाउने काम पत्रकार जगतको रहेको उहाँले उल्लेख गर्नुभयो । पत्रकारितामा क्षेत्रमा भएको तागत पत्रकारले समाज निर्माणको लागि भरपुर प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
