
पशु चौपायामा ‘कोरोना भाइरस’ भन्दा बढी तिब्रगतीमा फैलिरहेको पशु चौपायाको नयाँ रोग पम्पी स्कीनले डोटी जिल्लाभर आतंक सृजना गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्का वडामा फैलिएको लम्पी स्कीन रोकथान तथा नियन्त्रणका लागी अहोरात्र खटिएका छन् । स्वतन्त्र उम्मेदवारका हैसियतबाट निर्वाचित खड्का कृषकको प्रमुख सम्पतीको रुपमा रहेको चौपायको संरक्षणमा दत्तचित्त भएर लागी रहेका छन् ।


अहिलेसम्म ६ वटा गाईको मृत्यु भईसकेको उन्को वठामा एक सय भन्दा धेरै चौपाया बिरामी अवस्थामा रहेका छन् । रोग फैलिएको एक महिना जती भएका उक्त वडामा दुइ सय ( १ सय १ गाई, ९२ गोरु, र ७ भैँसी) लाइ रोग प्रतिरोधात्मक खोप दिइ सकेको वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
खड्काले भने ‘मैले वडामा बजेट नहुँदा पनि उदाहरोमा खोप र औषधी ल्याएर उपचार गरीरहेको छु नगरपालिकाले सहयोग गरेन् तर पनि काम काम जारी राख्ने छौँ ।’


