खप्तडको विकास नै समृद्धिको आधार हो : उपरथी थापा

सुवास नेपाली, डोटी 
सुदूरपश्चिम प्रदेशको प्रचुर सम्भावना बोकेको खप्तड क्षेत्र  पर्यटकीय एवं धार्मिक क्षेत्रको अनुपम सङ्गम स्थल रहेको हुँदा खप्तडको विकास नै सुदूर पश्चिम प्रदेशको समृद्धिको आधार भएको सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले बताउनुभएको छ।
सिलगढीमा आयोजित हाई अल्टिच्युट म्याराथन ,हाफ म्याराथन दोस्रो संस्करण २०८० को पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै थापाले पर्यटन र खेलको माध्यमबाट खप्तडलाई चिनाई पर्यटकीय हब बनाउन सके आन्तरिक तथा वाहय पर्यटकहरूको सङ्ख्या वृद्धि भैँ आर्थिक रूपले अगाडी बढ्ने उहाँको तर्क रहेको थियो।
Sayalb
खप्तड क्षेत्रको पर्यटकीय विकास सँगसँगै नागरिक र सैनिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले खप्तड क्षेत्रमा आयोजना गरेका कार्यक्रमहरूले एकातिर  खप्तडको पर्यटकीय र प्रचारप्रसारमा टेवा पुग्नुका साथै  नागरिक सैनिक सम्बन्ध झन् प्रगाढ भएको पनि उहाँले बताउनुभयो ।
सुदूर पश्चिम  प्रदेशमा पनि खेलकुदका हरेक विधामा राम्रा राम्रा खेलाडी भएको र यस्ता प्रतियोगिताले खेलाडीमा भएको प्रतिभा उजागर गरेको र यस्ता कार्यक्रममा नेपाली सेना सदैव तयार रहने उहाँको धारणा रहेको थियो।
सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा खप्तड क्षेत्रमा लागेको गङ्गा दशहरा मेलाको अवसरमा भलिबल, देउडा, घोडा दौड,  हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म प्रतियोगिताहरू सञ्चालन भएका थिए ।
Shaileshwori
Bolpatra
Loading...