अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान

Sayalb

कर्ण चन्द, जेठ २१
जातिय भेदभाब तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा अन्तरजातिय बिवाह गर्ने जोडिलाई सम्मान गरिएको छ । केआईसिंह गाउँपालिका वडा नं. –५ रानागाउँले अन्तरातिय बिवाह गर्ने रमेश पार्की र पार्वती कुमारी साउँदलाई सम्मान गरेको वडा अध्यक्ष दुर्गा रावलले बताए । वडा अध्यक्ष रावलले भने ‘समाजमा दलित र गैर दलितका बिचमा भएको खाडल अन्त्य गर्नका लागी जोखिम उठाउने, परिर्बतनकारीको अग्रपंतिमा ना दर्ज गर्ने जोडीलाई हामीले दिवसको अबसर पारेर सम्मान गरेका हौँ ।’ समाजमा बिद्यमान रहेका हानिकारक परम्परा अन्त्य गर्नका सधैँब जनप्रतिनिधीको भूमिका हुन पर्नेमा आफु ूस्पस्ट रहेको हुँदा समाजिक परिर्बतनका पक्षमा काम गर्ने वडा अध्यक्ष रावलले बताए ।
सब ओभरसियर रहेको उक्त जोडिले जातिय बिभेदका अनेकौं दुब्र्यबहार सहनु परेको अनुभब सुनाए । अन्तरजातिय बिवाह गरेकी पार्बती साउँदले भनिन् ‘हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन बिवाह गयौँ, जातकै कारण धेरै यातना खेप्नु पर्यो ।’ उनले थपिन ‘म एक सक्षम शिक्षित ब्यक्ती माथी त यस्तो ब्यबहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातिय बिवाह थेग्न सक्ने अबस्था छैन् ।’ वडाले सम्मान गरेपछि आफुहरुले उठाएको कदम सहि र परिर्बतनका पक्षमा भएको अनुभब भएको उक्त जोडिको अनुभब छ ।
अन्तरजातिय बिवाह गर्ने जोडिलाई सम्मान गरेर वडा जनप्रतिनिधीले हानिकारक परम्परा अन्त्य गर्ने काममा जनप्रतिनिधीको दृढ संकल्पले दलित समुदायमा खुसी छाएको दलित अधिकारकर्मी यज्ञ पार्कीले बताए । पार्कीले भने ‘भौतिक बिकास ठुलो कुरा होईन् सामाजिक बिकास गर्ने प्रधान कुरा हो, त्यसैले वडाले गरेको काम प्रशंसनिय छ ।’
दिवसको अबसर पारेर केआईसिंह गाउँपालिका वडा नंं ५ रानागाउँबाट दलित सामुदायबाट शिर्षस्थानमा पुगेका अग्रज ब्यक्तीत्वहरुलाई सम्मान समेत गरेको छ । खानेपानी डिभिजन कार्यालयका लेखा अधिकृत खगेन्द्र बिक, युवा ब्यबसायी बिरेन्द्र पार्की, पशु प्राबिधिक राजन नेपालीलाई सम्मान गरेको केआईसिंह गाउँपालिका वडा नंं ५ रानागाउँले जानकारी दिएको छ ।

Shaileshwori
Loading...