सहिद स्मृति आवासीय माद्यामिक विद्यालयको शैक्षिक भ्रमण 

डोटी : प्रयोगात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुर डोटीले शैक्षिक भ्रमण गरेको छ । विद्यार्थीहरूको किताबी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले १२ दिने शैक्षिक भ्रमण गरिएको हो ।

Sayalb

तीन वर्षे डिप्लोमा तह वन विज्ञान संकायको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि  प्रयोगात्मक तथा शैक्षिक भ्रमण गरिएको विद्यालयका लेखापाल रामचन्द्र जोशी बताए । गत जेठ २२ गते देखि सुरु भएको भ्रमण असार १ गते सम्पन्न भएको छ । भ्रमणका क्रममा   सुक्ला फाटा राष्ट्रिय निकुञ्ज, बर्दिया तथा चितवन राष्ट्रिय निकुञ्ज, अपर मुस्ताङ लगायतका शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण मानिने विभिन्न ठाउँहरू अवलोकन गरिएको लेखापाल जोशीले बताए ।

विद्यार्थीको प्रयोगात्मक सिप विकास गर्नका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको  विद्यालयका प्रधानाध्यापक  परमानन्द जोशीले  बताए । सुक्ला फाटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा फरेस्टी सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गरीएको पनि उनले बताए । भ्रमणमा शिक्षक विद्यार्थी गरी ४२ जना सहभागी थिए ।

Shaileshwori
Loading...