सुदूरपश्चिमका कानुन मन्त्री सिंह दम्पतीको दाहसंस्कार

बझाङ : दुर्घटनामा परि मृत्यु भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अन्त्येष्टि गरिएको छ । शनिवार मन्त्री सिंह सँगै उनकी पत्नी अमृताको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

Sayalb

दाहसंस्कार स्थल बझाङ स्थित सेती नदी किनारको डुङ्ग्री आर्यघाटमा परराष्ट्र मन्त्री एनपी साउद, मुख्यमन्त्री कमलबहादुर शाह, बाजुराका सांसद बद्री पाण्डे लगायतकाले श्रद्धाञ्जली दिएका छन् । मन्त्री सिंहको अन्त्येष्टि  गर्नुपुर्व जिल्ला अस्पतालबाट शवयात्रा निकालिएको थियो । शवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासी लगायतको सहभागिता थियो ।

गत मङ्गलवार बझाङमा गाडी दुर्घटना हुँदा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मृत्यु भएको थियो । अमेरिका रहेका कान्छा छोरा आएपछि मन्त्री दम्पतीको दाहसंस्कार गरिएको हो । मृतक जया सिंहको महेन्द्रनगरमा अन्तिम संस्कार गरिएको थियो ।

Shaileshwori
Loading...