
एकेन्द्र चन्द, डोटी

बडिकेदार गाउँपालिका वडा नम्बर ५ ले ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा अध्यक्षसँग टुहुरा बालबालिका कार्यक्रम अन्तरगत वडाका ७५ जना असहाय तथा टुहुरा विद्यार्थीहरुलाइ सामग्री वितरण गरिएको हो ।
उनीहरूले पढाइमा सहयोग पुगोस् भन्ने हेतुले वितरण गरिएको सामग्रीमा झोला, कपि, र कलम रहेको वडा अध्यक्ष पदम सिंह बोहराले बताए । वडाको कर्तव्य निभाउँदै असहाय, टुहुरा बालबालिकाको लागि सरकार रहेको अनुभूति दिलाउन यस्तो कार्य गरिएको उनले बताए । वडा कार्यालयले शैक्षिक सामग्री वितरण गरेपछि विद्यार्थीले खुसी व्यक्त गरेका छन् ।
