
प्रकाश थापा धनगढी
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टी इन्चार्ज र संयोजक तोकेको छ । शुक्रवार देखि कैलालीको धनगढीमा जारी “एकता अधिवेशन तथा राजनैतिक प्रशिक्षण,बैठकले जिल्ला पार्टी इन्चार्ज र संयोजक तोकेको हो ।
कैलाली,कञ्चनपुर,डोटी,अछाम,डडेलधुरा,बैतडी,दार्चुला,बझाङ र बाजुरामा इञ्चार्ज र संयोजक क्रमशः राम बहादुर केसि प्रकाश रावल, शिखररबिष्णु दमाई, प्रकाश थापा र नरेश सि ‘नीरज’, शीतल र विराट, लाल किरण र सागर, वासुदेव र दिनेश, डम्बर र बिर्जु, पार्वती , केशव र सूर्यलाई जिल्ला इन्चार्ज र संयोजक तोकेको छ ।

उक्त कार्यक्रममा महान् संयोजकत्वमा ९९ सदस्यीय प्रदेश समन्वय समिति पनि गठन गरेको छ, भने ५ सदस्य कार्यालय र २७ सदस्य सचिवालय समिति समेत गठन गरेको छ।
केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश समन्वय समिति संयोजक महानको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहनु भएको थियो । अतिथिहरूमा केन्द्रीय कार्यालय सदस्य राजवीर,कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रविर,कार्यालय सदस्य प्रेम सुवेदी,सचिवालय सदस्यहरू प्रतीक,चक्र मणि र केन्द्रीय सदस्य रोशन थिए ।
