माओवादी नेता लुहारको हृदयाघातका कारण मृत्यु

डोटी : नेकपा (माओवादी केन्द्र) के.आई.सिंह गाउँपालिका वडा नम्बर ५ रानागाउका अध्यक्ष ईश्वरे लुहारको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । हृदयाघात भएपछि  उनलाई उपचारका लागि धनगढी लैजाने क्रममा बुधवार राति मृत्यु भएको वडाध्यक्ष दुर्गा रावलले बताए । लामो समयदेखि पार्टीमा इमानदार ढङ्गले काम गर्दै आएका उनको सङ्गठन निर्माणमा अब्बल भूमिका रहेको  माओवादी केन्द्र के.आई.सिंहले जनाएको छ ।
Sayalb

उनको बुधवार पार्टीको झन्डा ओढाएर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनको अन्त्यष्टीक‍ो लागि पार्टीका प्रदेश कमिटी सदस्य तथा के.आई.सिंह गापालिका इन्चार्ज मीन मलासी, गाउँपालिका कमिटी अध्यक्ष दिलीप कठायत, प्रदेश सदस्य धुर्ब रावल, सदस्य नरेन्द्र बलायर र वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा रावल सहभागी भएका थिए।

Shaileshwori
Loading...