
सुवास नेपाली, डोटी
खप्तड शैलेश्वरी गोल्ड कप दोस्रो संस्करणको शनिवार उद्घाटन हुँदै छ । भैरव प्रसाद गणको व्यवस्थापन र डोटी उद्योग वाणिज्य सङ्घको आयोजना हुने प्रतियोगिता सिलगढी (टुँडिखेल) मा दिउँसो ४ बजे बाट सुरु हुने छ ।

श्रावण ६ गते देखी १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा डोटी जिल्ला भित्रका ८ वटा समूहले सहभागिता जनाउने आयोजकले बताएको छ । जस अनुसार पोल “ए” मा भैरव प्रसाद गण (ए), पुर्विचौकी गाउँपालिका, डोटी उद्योग वाणिज्य सङ्घ र डिएसएस रहेका छन् भने पोल “बि” अन्तरगत सिवाईएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरव प्रसाद गण(बि) र सेती प्राविधिक शिक्षालय रहेका छन् ।
उद्घाटन खेल भैरव प्रसाद गण (ए) र पुर्विचौकी गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ। खेल नकआउट प्रणालीद्वारा खेलाइने छ ।
