वार्षिक समीक्षा तथा कार्य योजना गोष्ठी

साउन २९, डोटी  
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा तथा कार्य योजना गोष्ठी सुरु भएको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन र आर्थिक वर्ष २०८०/८१ को कार्य योजना गोष्ठी आइतबारबाट सुरु भएको हो ।
Sayalb
कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासको लागि बजेटको अभाव हुन नदिने गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताएका छन् । स्वास्थ्य संस्थाहरूमा आवश्यक सामाग्री खरिद २ महिना भित्रै खरिद गर्न सकिने अध्यक्ष गडसिलाले बताएका छन् । दुई दिन सम्म चल्ने कार्यक्रममा पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूले आफूले गरेका कार्यहरूको प्रस्तुतीकरण गर्नेछन् ।
गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिल, उपाध्यक्ष बिस्ना देवी बम, प्रमुख प्रशासकीय अधिकृत भरत चन्द लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सिनियर अहेव शिशिर बोगटीले गरेका थिए ।
Shaileshwori
Loading...