डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित

डोटी जिल्लाका  नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा एक स्थानीय तहबाट एक जना हुने गरी राम्रो काम गरिरहेका स्वास्थ्यकर्मीलाई दोसल्ला  र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका यशोदा उपाध्याय, दिपायल सिलगढी नगरपालिका नरेश कुमार बोहरा, केआइसिंह गाउँपालिका गणेश आउजी, जोरायल गाउँपालिका चन्द्रबहादुर महता, शिखर नगरपालिका प्रेमबहादुर कठायत, पुर्विचौकी गाउँपालिका रामबहादुर बोहरा, सायल गाउँपालिका राधिका सिंह ठकुरी, बडीकेदार गाउँपालिका मुकेश बम र आदर्श गाउँपालिकाका देवबहादुर खड्का सम्मानित भएका हुन् ।
स्वास्थ्यकर्मीको हौसला प्रदान गर्ने उद्देश्यले यस बर्सदेखि स्वास्थ्यकर्मीलाई सम्मान प्रदान गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । मलासीले भने ‘पालिका भित्र उत्कृष्ट काम गर्ने एक पालिकाबाट एक जना पठाइदिन अनुरोध गरेका थियौँ उहाँहरूको सिफारिस अनुसारका स्वास्थ्यकर्मीलाई सम्मान गरेका छौँ ।’ उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्य निरन्तर हुने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
Sayalb
उत्कृष्ट स्वास्थ्यकर्मीलाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावती महर साउँद, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले दोसल्ला वडाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । सम्मानले गर्दा आफूलाई काम गर्नेमा अझै ऊर्जा थपेको बडीकेदार गाउँपालिकाबाट सम्मानित भएका अहेब मुकेश बमले बताए ।
Shaileshwori
Bolpatra
Loading...