संविधान दिवसको अवसरमा नेवि सङ्घको दीप प्रज्वलन

धन बोहरा, 
असोज ३, डोटी 
नेपाल विद्यार्थी सङ्घ डोटीले संविधान दिवस २०८० को अवसरमा दीप प्रज्वलन गरेको छ । बुधवार पिपल्ला बजार दिपायलमा दीप प्रज्वलन गरी दिवस मनाइएको हो ‌।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजय खड्काले संविधान निर्माण गर्न वीर सहिदहरूको अहम् भूमिका रहेको बताए । लामो सङ्घर्षपछि जारी भएको संविधानको कार्यान्वयन गर्नु सबैको कर्तव्य हुन जाने उनले बताए । नेपाल विद्यार्थी सङ्घ डोटीले संविधानको निर्माण गर्न योगदान दिने सहिदको सम्मान र सम्झनामा कार्यक्रमको आयोजना गरेको नेबि सङ्घ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहले बताए ।
संविधानको कार्यान्वयन गरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सबै सरोकारवाला पक्षलाई अनुरोध गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता, नेवि सङ्घका सदस्य लगायतको सहभागिता रहेको थियो ।
Sayalb
Shaileshwori
Loading...