पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन निगमलाई मन्त्रिपरिषद्को निर्देशन

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार रातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन निगमलाई निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिवार निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २१५ र हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
Sayalb
मूल्य वृद्धि फिर्तापछि पुरानै मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ भने खाना पकाउने  एल.पी ग्याँसको मूल्य प्रतिसिलिन्डर १९९५ रुपैयाँ हुनेछ ।
Shaileshwori
Loading...