
१२ मंसिर, डोटी। डाेटीका ५० बर्षीय एक पुरूषको आफ्नै छाेराको प्रहारबाट ज्यान गएकाे छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाका २३ बर्षीय छाेरा बिकास बहादुर चन्दले दाउराले टाउकोमा प्रहार गर्दा उनका बुवा ५० बर्षीय रणवहादुर चन्दको ज्यान गएकाे हाे । प्रहरीका अनुसार घरायसी बिबाद चर्किएपछि छाेरा विकासले दाउराले हिर्काउदा बुवा रणवहादुर गम्भीर घाइते भएका थिए । घाइते रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुर्याइएको थियो । सुजङमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि डडेल्धुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । मृतकको शनिबार डडेल्धुरा अस्पतालमा पोस्टमार्टम भई आफन्तहरुले शव बुझेका छन् । आरोपित बिकासलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको सूचना अधिकारी चन्द बताउँछन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

