शिखरमा मुक्त हलिया सञ्जालका लागि संस्थागत क्षमता विकास तालिम

असोज २६, डोटी 
शिखर नगरपालिकामा संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ । शुक्रवार शिखर–६ तलकोट स्थित शिखर नगरपालिका स्तरीय मुक्त हलिया सञ्जाल र समूहका लागि एक दिने संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको हो । मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामूहिक प्रयास–२ परियोजना अन्तरगत एलडब्लुएफको आर्थिक सहयोग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) को आयोजनामा तालिम सम्पन्न भएको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश कोलीले बताए ।

Sayalb

तालिममा मुक्त हलियाको पुनः स्थापनामा जोड दिने, उनीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउने र हलिया संगठनको विकास गर्ने कुरामा छलफल गरिएको छ । साथै हरेक ३ महिनाको एक पटक सञ्जालको बैठक बस्ने, विधान नहुँदा काम गर्न असहज भएकाले विधान बनाउन ५ सदस्य चयन र मङ्सिर महिना भित्र विधान दर्ता गरिसक्ने तालिमका सहभागीले प्रतिबद्धता जनाएका छन् । हलिया मुक्त घोषणा भएको लामो समय हुँदापनि उनीहरूको पुनः स्थापना हुन नसको अवस्थामा तालिमले हलियाको पक्षमा काम गर्न सहज हुने शिखर नगरपालिका स्तरीय मुक्त हलिया सञ्जालका कोषाध्यक्ष उषा घिमिरेले बताइन् ।

युएसएसबिएम डोटीका अध्यक्ष टिका सीँ नेपालीले कार्यविधि काम गर्ने बाटो भएकाले जतिसक्दो चाँडो नगरपालिकाबाट कार्यविधि पास गराउन सबै जना एक जुट हुन आग्रह गरे । कार्यविधि पास गराउन आफ्नो संस्थाबाट हुने हरेक सहयोग गर्न तयार रहेको पनि अध्यक्ष नेपालीले बताए । साथै उनले आयआर्जनका काम गर्दै आत्म निर्भर बन्न सबैलाई आग्रह गरे । तालिममा जनप्रतिनिधि, हलियाका अगुवा नेता, शिखर नगरपालिका मुक्त हलिया सञ्जालका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...