बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड भलिबल प्रतियोगिता हुँदै

कार्तिक १३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । यही कात्तिक २२ गतेदेखि बोगटान फुड्सिल गाउँपालिका-१ को आयोजनामा सिमचौरमा गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० सञ्चालन हुने भएको छ । नेपालीहरूको महान् चार्ड बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष खेम बहादुर घर्तिमगरले बताएका छन् ।

Sayalb

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु. ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई नगद रु. २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र दिइने छ । खेल अवधिभर राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरलाई नगद रु. ४ हजार, वेस्ट स्पाइकर, वेस्ट लिब्रो, वेस्ट सर्भर, वेस्ट सेन्टर र वेस्ट ब्लकरलाई नगद रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।

प्रतियोगितामा सहभागी हुन कार्तिक १९ देखि २१ गतेसम्म कार्यालय समयमा रु. ३ हजार ५ सय तिरेर टिम दर्ता गराउन सकिने छ ।

Shaileshwori
Loading...