सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

साउन २९, धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

भट्ट आजै प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता भट्ट नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका हुन् । यसअघि काँग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका थिए ।

Sayalb

त्यसै गरी नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष आर्थिक मामिला मन्त्री बनेका चक्र मल्ल, सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारीले शपथ ग्रहण गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री भट्टले एमालेबाट आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी जानकी ऐर बमलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ लिने तीन जनन मन्त्री र एक राज्यमन्त्री एमालेबाट नियुक्त भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट बन्ने तीन मन्त्रीको भने टुङ्गो लागेको छैन ।

Shaileshwori
Bolpatra
Loading...