मेल्लेख गाउँपालिका अध्यक्ष साउदले गरे अपाङ्ग मैत्री स्कुटर सहयोग 

लालबहादुर चदारा
मङ्सिर १०, अछाम  
Sayalb
मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सीँ साउदले अपाङ्ग मैत्री चार पाङ्ग्रे स्कुटर सहयोग गरेका छन् । अध्यक्ष साउदले आफूले पाउने एक वर्षको तलब, सेवा सुविधा  बापतको रकमबाट स्कुटर खरिद गरेर मेल्लेख गाउँपालिका–कुस्कोट खाडाका स्थानीय नृप साउदलाई हस्तान्तरण गरेका छन् ।
२०७६ भदौ १३ गते नन्देगडा बजार नजिक जिप दुर्घटनामा परि अपाङ्गता भएका साउदको सहजताको लागि अध्यक्षले आइतबार रु. २ लाख ५० हजार बराबरको स्कुटर सहयोग गरेका हुन् । २४ वर्षीय साउदको दुई वटा खुट्टा नचल्ने भएको अवस्थामा हातले चलाउन मिल्ने चार पाङ्ग्रे स्कुटर सहयोग गरेको अध्यक्ष साउदले बताएका छन् । अध्यक्ष साउदले स्कुटर सहयोग गरेपछि मन लागेको ठाउँ जान सक्ने भएपछि निकै खुसी भएको नृप साउदले बताए ।
Shaileshwori
Loading...