सामुदायिक विद्यालयमा पालिका स्तरीय संयुक्त अनुगमन 

लाल बहादुर चदारा, अछाम
अछामको मेल्लेख गाउँपालिकामा एक सामुदायिक विद्यालयको संयुक्त अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का नेतृत्वको टोलीले वडा नम्बर ५ बिन्धेवासनि चौखुट्टेमा रहेको खापर अधारभुत विद्यालयको स्थलगत अनुगमन गरेको हो ।
Sayalb
युएसडिए, विश्व खाद्य पोषणको आर्थिक सहयोग तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोग र  मेल्लेख गाउँपालिका शिक्षा शाखाको समन्वयमा अनुगमन गरिएको हो ।  अनुगमनको क्रममा एकीकृत विकास समाजले विद्यालयमा गरेका हरेक क्रियाकलाप प्रभावकारी रहेको भन्दै यसको निरन्तरताका लागि पालिकाद्वारा  रेखदेख  गरिनुपर्ने जनाएको छ ।
विद्यालय अनुगमनबाट फर्किएपछि विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्बन्धी स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग वार्षिक समीक्षा बैठक पनि सम्पन्न गरेको छ  ।  वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक प्रकाश अधिकारीको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि उपाध्यक्ष नृप बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । बैठकमा विद्यालय दिवा खाजा, पोषण र शैक्षिक सुधारको विषयमा छलफल गरिएको छ ।
Shaileshwori
Loading...