बोगटान फुड्सिल ४ का आधारभुत विद्यालयहरुमा पठनपाठन सुरु

चक्र सिंह
असोज १८, डोटी
यतिबेला कोरोना भाईरस कोभिड १९ ले गर्दा बन्द भएका विद्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै सुचारु हुन थालेका छन् । डोटीको बोगटान फुड्सिल गाँउपालिका वडा नम्बर ४ का आधारभुत विद्यालयहरुले आइतबारबाट पठनपाठन सुरु गरेका छन् । विद्यालयहरुले सामाजिक दुरि कायम राख्दै विद्यार्थीहरुलाई खुला चौरमा राखेर पठनपाठन सुरु गरेको नबदुर्गा आधारभुत बिद्यालय डौडाका प्रधानाध्यापक माधब प्रसाद उपाध्यायले बताउनु भयो ।

उक्त वडामा एक माध्यमिक विद्यालय, सात ओटा आधारभुत विद्यालय र एक वटा बाल विकास केन्द्र गरि जम्मा नौ ओटा विद्यालय रहेका छन् । आधारभुत विद्यालय खुले पनि माध्यमिक विद्यालयमा भने अहिले नै पठनपाठन सुरु नहुने बताइएको छ । लामो समय पछि विद्यालय आएर शिक्षकहरुसंगै बसेर पढ्न पाउँदा बिद्यार्थीहरु खुसी भएका गौणे मसानी आधारभुत विद्यालय सुन्तडीका प्रधानाध्यापक गगन बहादुर बिस्टले बताउनु भयो ।

