

जेठ २२, पाँचथर ।
पाँचथरमा झरना घुम्न गएका एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
झरनाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।
गम्भीर घाइते भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापा लैजाने क्रममा बाटोमा निधन भएको हो । अन्य घाइतेहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्तबहादुर भण्डारीले बताएका छन् ।
