
असार १९, काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मंगलबार प्रधानमन्त्रिलाई २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले प्रधानमन्त्रि दाहालले राजिनामा नदिने भएवपछि समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्मा सहभागी छन् ।
