
मङ्सिर १३, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताए। साथै असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ५८ करोड रुपियाँ घटाएर ५६ करोड बाँकी रहेको जानकारी दिए।

मन्त्री अधिकारीले कर्मचारीलाई उत्पदान दिनुपर्ने आठ करोड ३८ लाख, कर्मचारी तलब चार करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उत्पदान दिनुपर्ने सात करोड २४ लाख, कर्मचारी तलब एक करोड सात लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी तनी करोड ९४ लाख बाँकी रहेको बताए ।
सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको जानकारी दिए। उनले सरकारले बिहीबारको मन्त्रिपरिषदबाट उखुको समर्थन मूल्य तोक्ने बताए। भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने उनको भनाइ छ ।
