डोटीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुष घाइते 

माघ ६, सिलगढी । डोटीमा एक जना पुरुष करेन्ट लागेर घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातोलीका ४० वर्षीय भरत राज विष्ट घाइते भएका छन् ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार विष्ट आफ्नै घरमा बिजुलीको वायरिङ गर्ने क्रममा करेन्ट लागेर आइतबार बिहान १० बजे घाइते भएका छन् । उनको बायाँ हात र दायाँ खुट्टामा जलन भएको छ ।
घाइते विष्टलाई  जिल्ला अस्पताल डोटीमा सामान्य उपचार पश्चात् थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पतालमा खटिएको प्र.स.ह. जोगा सिंह धामीले जानकारी दिए ।
Shaileshwori
Loading...