
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्न तयारी गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीले साउनदेखि लागू हुने गरी सेवासुविधा फिर्ता गर्ने पत्र पठाउने तयारी गरेको बताइएको छ । भण्डारीले शितल निवास छाडेपछि सरकारी तलब, निवास खर्च लिएकी छैनिन् ।

‘हाल सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । साथै इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ । भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।
