जिजौडामाण्डौंमा ग्लोबल आईएमई बैैकको शाखा रहित बैैंकिङ सेवा सुरु

Sayalb

डोटीको शिखर नगरपालिका वडा नं. ९ जिजौडामाण्डौंमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंक सेवा सुरु गरेको छ । जिल्लामा तिन स्थानमा बैंक शाखा सहित सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंकले शाखा रहित बैंक सेवा पनि बिस्तार गरिरहेको दिपायल शाखाका प्रबन्धक शिबराज बिष्टले बताए ।
शिखर क्षेत्रका सेवाग्राहीका लागी जिजौडामाण्डौंमा शाखा रहित बैंक सेवा सुरु गरेको बिष्टले बताए । उक्त शाखा रहित बैंकमा खाता खोल्न, रकम जम्मा गर्न, झिक्न सकिने छ ।
जिजौडामाण्डौैका स्थानीय यज्ञराज पन्तले सञ्चालन गरेको उक्त शाखा उद्घाटन कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सितारा जोशी, उप प्रमुख धौली देखी रावल, ग्लोबल आईएमई बैैक दिपायलका शाखा प्रबन्धक शिबराज बिष्ट लगाएतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।
डोटी जिल्लाको दिपायल, पुर्बिचौकी र बोगटानमा ग्लोबल आईएमई बैंकका शाखाहरु रहेका छन ।

Shaileshwori
Bolpatra
Loading...