बैंकर्स क्लब डोटी अध्यक्षमा ओझा

बैंकर्स क्लब डोटी अध्यक्षमा रमेश ओझा चयन भएका छन् । शुक्रवार दिपायलमा भएको भेलाबाट नयाँ बैँकर्स क्लब डोटी पुनर्गठन गरिएको हो ।
जिल्लामा क्रियाशील रहेका सम्पूर्ण बैँकका शाखा कार्यालयका कर्मचारी आबद्ध रहेको उक्त संस्थाको ११ जना को कार्य समिति चयन गरिएको हो ।
Sayalb
एनआईसि एसिया बैक दिपायल शाखाका शाखा प्रबन्धक रमेश ओझाको नेतृत्वमा उपाध्यक्षहरू कुमारी बैङ्कका सुरेन्द्र प्रसाद जोशी र एनआईएमबी बैङ्कका तीर्थ राज पन्त, सचिवमा ग्लोबल आईएमई बैङ्कका भास्कर प्रसाद जोशी र कोषाध्यक्षमा एन एम वि बैङ्कका लक्ष्मण भट्ट, सह सचिवमा एभरेस्ट बैङ्क शिखर शाखाका प्रबन्धक लोकेश जोशी सहित पाँच सदस्य सहित को कार्य समिति चयन गर्दै भेला सम्पन्न भएको हो ।
क्लबले सदस्यहरू बिच सीप को अनुभव आदान प्रदान गर्ने, क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने, स्थानीय स्तरमा सामाजिक कार्यहरूमा कर्मचारीहरूको सामूहिक प्रयास मार्फत सहयोग गर्ने,बैक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरू बिच आपसी एकता गर्ने जस्ता काम गर्दै आएको छ ।
Shaileshwori
Bolpatra
Loading...