
असार १०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि ५२ करोड १४ लाख सात हजार बराबरको बजेट ल्याएको छ । बुधवार गाउँ सभाको २२ औँ अधिवेशनको पहिलो बैठकमार्फत गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाको सभा अध्यक्षतामा बसेको गाउँ सभाको अधिवेशनमा उपाध्यक्ष बिष्ना देउवा बमले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्षद्वारा प्रस्तुत बजेटमा सामाजिक विकासतर्फ ३ करोड ४७ लाख, आर्थिक विकासतर्फ ९५ लाख, पूर्वाधार विकासतर्फ ४ करोड १५ लाख ४१ हजार पाँच सय, वन वातावरण तथा विपद् व्यवस्थापनमा २२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ८ करोड ६० लाख ८९ हजार पाँच सय र वडाहरूका लागि ४ करोड ६४ लाख दस हजार छुट्टाइएको छ ।
