करेन्ट लागेर डोटीमा एक जनाको मृत्यु

असार १४, डोटी । डोटीको बडिकेदार गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिवार बेलुका करिब ४ः४५ बजेको समयमा बडिकेदार गाउँपालिका–२ खररका  अन्दाजी ५१ वर्षीय हर्क बहादुर पल्ली मगरको अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

Sayalb

सोही ठाउँका डम्बर बहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा मगरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक वीर बहादुर बोहराको कमान्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ  । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...