
२६ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–६ का रामवहादुर बोहरा हातमा फाउरो बोकेर स्थानीय ग्रामिण सडकमा निस्किए । उनीसंगै निस्कियो स्थानीयबासीहरुको एक समूह । महिला–पुरुषको सहभागिता रहेको उक्त समूह बर्षाका कारण अवरुद्ध भएको सानीगाड—सेरा सडक मर्मत गर्न निस्केको थियो ।
घरघरबाटै गैटी, बेल्चा, घन, सव्वल बोकेर निस्केको सो समूहले सडकको पहिरो पन्छायो । सडक खुलेसंगै सवैले ताली बजाएर खुशी मनाए ।
बर्षाका कारण अवरुद्ध भएका वडाभित्रका सवै सडकहरु स्थानीयबासीहरुले श्रमदानमै सुचारु गरेको रामवहादुर बताउँछन् । ‘बर्षाका कारण सडक अवरुद्ध भएपछि जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गर्न वडा कार्यालयसम्म जान पनि समस्या हुन थाल्यो’ रामवहादुर भन्छन् ‘त्यसैले हामी वडाबासीहरुले श्रमदानबाटै सडक मर्मत ग¥यौं ।’ वडाका बिभिन्न बस्तीहरु वडा कार्यालयभन्दा धेरै टाढा रहेकाले त्यहाँका जेष्ठ नागरिकहरु र बिरामीहरुलाई हिडेर आउन समस्या हुने हुँदा श्रमदानबाटै सडक खोल्नु परेको उनी वताउँछन् ।
वडाभित्रका अवरुद्ध सवै शाखा सडकहरु जनश्रमदानबाटै मर्मत गरी सुचारु गरिएको स्थानीय डम्मरा साउँद वताउँछिन् । उनका अनुसार सानिगाडदेखि सेरा सडक, निरौली—बसौटी सडक, खसरे–अनरकट्टे सडक, मड्यौल–दह सडक, डाडागाउ–सडक जनश्रमदानबाटै मर्मत गरिएको हो । ‘वडा कार्यालयले संयोजन गरेर सडक मर्मतका कार्यहरु भएका हुन्’ डम्मरा भन्छिन् ‘अहिले यि सडकहरुमा मोटर–साईकलसम्म चल्न सक्ने भएका छन् ।’ उनी जारिमघाट खोलामा पुल नहुँदा जीपहरु खोला तराउन नसकिएको वताउँछिन् ।
मोटरसाईकलबाटै भएपनि जेष्ठ नागरिक र बिरामी लैजान सहज हुने उनको भनाई छ । उनी थप्छिन् ‘अहिले पनि बर्षा भईरहेको छ, कुनै सडक अवरुद्ध भयो भने हामीहरु फेरी श्रमदानबाटै खुलाउँछौं ।’
श्रमदान गर्नु प्रत्येक नागरिकको कर्तव्य पनि भएको स्थानीयबासीहरु बताउँछन् । रामवहादुर भन्छन् ‘सडक अवरुद्ध भयो, दुःख हामीलाई भईरहेको हुन्छ, कसलाई कुरेर बस्नु, कसलाई गाली गरेर बस्नु !’ आफुहरुलाईनै सहज हुने भएका कारण श्रमदान गर्न सवै सहभागी भएको उनी वताउँछन् । उनका अनुसार वडा कार्यालयले सञ्चालन गरेको ‘आफ्नो ठाउँ, आफै वनाउँ’ अभियान अन्तरगत जनश्रमदान भईरहेको उनी वताउँछन् । उनी सवैले आफ्नो गाउँठाउँको विकासका लागि श्रमदान गर्नु पर्ने वताउँछन् । उनी भन्छन् ‘हामीहरु यति परनिर्भर भएका छौं कि हरेक कुरा अरुले मात्रै गरिदेवस् भन्ने आश राख्छौं ।’
रामवहादुरका अनुसार सवैभन्दा ठुलो समस्या जारिमघाट खोलामा भईरहेको छ । ‘अरु सडक तः हामीले श्रमदानबाटै मर्मत गर्दैछौं, तर जारिमघाट खोलामा पुल छैन्’ खोलामा पानीको सतह बढेको छ, तर्न सकिदैन ।’ खुटिया–दिपायल सडक अन्तरगतको उक्त पुल हालसम्म पनि निर्माण नभएकोमा उनी दुःखी छन् । जारिमघाट पुल नबनेकै कारण मुख्य बजारसंग वडाबासीहरुको सम्वन्ध टुटेको वताउँछन् ।
जनश्रमदानले सडक मर्मत सम्भार तथा ढल निकास भई सवै सडकहरुमा मोटरसाइकल गुड्न सक्ने भएका वडाध्यक्ष गणेश बोहरा वताउँछन् । वडा कार्यालयको आव्हानमा वडावासीहरुले देखाएको सक्रियको उच्च प्रसंसा गर्दै अध्यक्ष बोहरा भन्छन् ‘फेरी पनि बर्षा भईरहेकै छ, कतै सडक अवरुद्ध भए वडाबासीहरुले आफ्नो महत्वपूर्ण श्रम दिनु हुनेछ भन्ने बिश्वास छ ।’
आफ्नो गाउँमा कतै कुनै सडक अवरुद्ध भए वडा कार्यालयलाई तत्काल खवर गरिदिन हुन वडाध्यक्ष बोहराको आग्रह छ । उनी वडा कार्यालयको तर्फबाट प्राबिधिक सहयोग र जनप्रतिनिधि तथा वडा कर्मचारी उपस्थित भै सकेजति सहयोग गर्ने उनी वताउँछन् ।

C:\Users\dell\Downloads\snapsave-app_1406046031370672_hd.mp4

