भिरबाट लडेर वडाध्यक्षाकाे मृत्यु

६ कात्तिक, डोटी । बझाङमा भिरबाट लडेर एक जना वडाध्यक्षकाे मृत्यु भएको छ ।
जिल्लाकाे बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० बर्षीय टंक जोशीको भिरबाट लडेर मृत्यु भएको हाे । अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा गम्भीर घाइते भइ जाेशीको मृत्यु भएको हाे । भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले बताए। गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको जोशीले जानकारी दिए।

Sayalb

जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए।

मृतक जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्। लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित जोशीको निधनले स्थानीय शोकमा परेका छन्।

Shaileshwori
Bolpatra
Loading...