
६ कात्तिक, डाेटी । चीनको तिव्वत क्षेत्रमा भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ ।

चीनको दक्षिणपश्चिम सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्युरोले जानकारी दिएको छ । बिहिबार राती १०.३३ बजे भूकम्प गएको हाे । भूकम्पमा परी ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरण अनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।
आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तिव्र गतिमा भइरहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनीहरूले संकेत गरेका छन् ।

