
१५ कात्तिक, डोटी। बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् ।
शुक्रबारदेखि सम्पर्कबिहिन भएका कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजीका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् । खोज तलास गर्ने क्रममा त्रिवेणी पाटन नजिकै बोहरा मृत फेला परेका बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

रिजालकाअनुसार बोहराको खोजीका लागि आइतबार बिहान हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।

