जिल्ला सदरमुकाममै घट्दैछन् बिद्यार्थी

Sayalb

२ मंसिर, डोटी । डोटीको जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकाभित्रै बिद्यार्थीहरुको संख्या बर्षेनी घट्दो क्रममा रहेको छ ।
दिपायल सिलगढी नगर–पालिकाले दिएको बिगत चारबर्षको तथ्याङ्क अनुसार बिद्यार्थी संख्या प्रत्येक बर्ष घट्दो क्रममा रहेको पाईएको हो । चालु शैक्षिक सत्रमा नगरपालिकाभित्रका बिद्यालयहरुमा भर्ना भएका बालबालिकाहरुको संख्या ११ हजार आठ सय १६ रहेको छ । जसमा पाँच हजार एक सय ३० छात्रा र ६ हजार ६ सय ८६ छात्र रहेका छन् । बालविकास केन्द्रमा पाँच सय ८८ छात्रा र नौ सय १५ छात्र गरी एक हजार पाँच सय तीन बालबालिका भर्ना भएका छन् । यस्तै, कक्षा १–५ मा दुई हजार दुई सय ५३ छात्रा र तीन हजार एक सय ७३ छात्र गरी पाँच हजार चार सय २६, कक्षा ६—८ मा एक हजार तीन सय १५ छात्रा र एक हजार चार सय ४५ छात्र गरी दुई हजार सात सय ६०, कक्षा ९—१० मा ६ सय १५ छात्रा र सात सय ३५ छात्र गरी एक हजार तीन सय ५० र कक्षा ११—१२ मा तीन सय ५९ छात्रा र चार सय १८ छात्र गरी सात सय ७७ रहेका छन् ।
२०८० मा नगरपालिकामा भर्ना भएका बिद्यार्थीको संख्या १४ हजार दुई सय ४५ रहेको थियो । उक्त शैक्षिक बर्षमा ६ हजार पाँच सय ४७ छात्रा र सात हजार सात सय दुई छात्र रहेका थिए । शैक्षिक सत्र २०८१ मा १२ हजार ६ सय ९९ बालबालिकाभहरु बिद्याथय भर्ना भएका थिए ।
२०८१ मा बिद्यालयमा भर्ना हुने बालबालिकाहरुको संख्या १२ हजार ६ सय ०० रहेको थियो । उक्त शैक्षिक सत्रमा पाँच सय ६ सय ८८ छात्रा र सात हजार ११ छात्र रहेका थिए । शैक्षिक सत्र २०८२ मा १२ हजार दुई सय १७ बालबालिकाहरु भर्ना भएका नगरपालिकाका सूचना अधिकारी डिलवहादुर महराले जानकारी दिए । तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८० को भन्दा २०८३ मा १७ प्रतिशत बिद्यार्थी घटेका देखिन्छन् । बिद्यालयको प्रवेश बिन्दु मानिने बालविकास केन्द्रमा २०८० को तुलनामा २०८३ मा झण्डै २६ प्रतिशत बिद्यार्थी संख्या घटेका छन् ।

Shaileshwori
Bolpatra
Loading...