प्रधानमन्त्रि ओलीले गरे पूर्वप्रधानमन्त्री भट्टराईले लगाएको आरोपको खण्डन

Sayalb

प्रधानमन्त्रि केपी शर्मा ओलीले आफूसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई लागेको आरोप गलत भएको दावि गरेका छन् । केही दिन अघि गोरखाको एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको आरोप लगाएका थिए ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक काम गर्न नसक्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले आफुहरुबाट त्यस्ता अनैतिक हर्कत कदापि हुन नसक्ने र त्यस्तो गैरजिम्मेवार तथा अनैतिक हुन नसक्ने बताए । ‘केहीले गैरजिम्मेवार तरिकाले बोलेका छन प्रधानमन्त्रि ओलीले भने कामै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्ने अभिव्यक्ति निराधार र गैरजिम्मेवार छ । ’

Shaileshwori
Loading...