मंगलबार ३ हजार ९३ जनामा कोरोना पुष्टि, २ हजार १०८ डिस्चार्ज


देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार एक सय २९ पुगेको छ । नेपालमा हाल ४१ हजार ७ सय ७५ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर २ हजार एक सय ८ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या ९६ हजार ६ सय ९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।
