के.आई.सिंह गाँउपालिका-१ अध्यक्ष बमलाई कोरोना पुष्टि

Sayalb

डोटीको के.आई.सिंह गाँउपालिका वडा नम्वर १ का वडा अध्यक्ष कृष्ण बहादुर बमलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको के.आई.सिंह गाँउपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हर्क बहादुर विष्टले जानकारी दिए । वडा अध्यक्ष बम क्वारेन्टाईन व्यवस्थापन देखि लिएर भारतबाट फर्किएकाहरुको व्यवस्थापना खटिरहेका थिए । सोही क्रममा उनलाई कोरोना पुष्टि भएको हो ।

Shaileshwori
Loading...