बुधबार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ४२ जनामा कोरोना पुष्टि

डोटी :  बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १० जनाको कोरोना जाँच गरीएकोमा ४२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ३० जना पुरुष र १२ महिला हुन् ।

आज कैलाली जिल्लाका ३४ जना, कञ्चनपुर जिल्लाका ७ जना र बाजुराका एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, गोदावरी नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिका र कैलालीकै पालिका नखुलेका एक/एक जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका, भिमदत्त नगरपालिका र महाकालि नगरपालिकाका दुई/दुई जना, बेलौरी नगरपालिकाका एक जना र बाजुराको बुढीगंगा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...