चाँगुनारायणमा महिला मृत फेला‚ सातजना पक्राउ

भक्तपुर: चाँगुनारायण फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।

Sayalb

चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृत अवस्थामा परेकी थिइन्। उक्त घटनाको अनुसन्धानको क्रममा सोही घरमा डेरा गरी बस्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।

Shaileshwori
Bolpatra
Loading...