पूर्वपत्नीविरुद्ध मुद्दा हाल्ने तयारीमा मनोज गजुरेल

काठमाडौं: हास्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि सम्बन्ध विच्छेद भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
पूर्वपत्नीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्याएको उनको गुनासो छ।
फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन्।
गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु। सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’
छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ। डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो। तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन्। डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो।

मनोज गजुरेल र उनकी पत्नी मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको होे। पूर्वपत्नी मिनाले डिभोर्सयता लगातार मनोजमाथि विभिन्न लाञ्छना लगाएर युट्युव च्यानलहरूमा अन्तर्वार्ता दिँदै आएकी छन्। मनोज भने हालसम्म मौन थिए। हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मिनाले फेरि उनीमाथि विभिन्न आरोप लगाएकी छन्। काठमाडौं स् हास्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि सम्बन्ध विच्छेद भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
पूर्वपत्नीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्याएको उनको गुनासो छ।
फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन्।
गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु। सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’
छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ। डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो। तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन्। डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो।
हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मिनाले फेरि उनीमाथि विभिन्न आरोप लगाएकी छन्।