गाउँमा खाने पानि पुग्दा स्थानिय खुसी

Sayalb

तेजु ओली /डोटी
के.आइ.सिंह गाउँपालिका ३ देउँकाडामा पहिलो चोटी खानेपानी पुगे पछि स्थानीय खुसी भएका छन् । बर्षौ देखी खाने पानीको अभाब झेल्दै आएका उक्त गाउँवासी खाने पानी पुग्दा खुसी भएका हुन् । बस्तु भाउलाई खुवाउन, सरसफाइ गर्न जहिले पनि पानी लिन घण्टौ लाग्ने भएकाले अब घर नजिकै पानीका धारा बन्दा आफुहरुलाई सजिलो भएको देउकाडाकी स्थानीय संगिता बमले बताईन् । उनले भनिन् कामको बोझ महिलाले बढी खेप्नु पर्ने भएकाले अब देखि गाउका दिदी बैनीहरुलाई पानी ल्याउन २ घन्टा कुर्नु नपर्ने भएको छ । उनले गाउँपालिका एवम् सम्पुर्ण खानेपानी समितिका दिन रात खट्नु हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

Shaileshwori
Loading...