सुदूरका पहाडी जिल्लामा वर्षा, दार्चुलाको हिमाली क्षेत्रमा हिमपात

डोटीः लामो समयको अन्तरालपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी लगायतका जिल्लाहरुमा वर्षा भएको छ। लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको किसानहरुले बताएका छन्।

यस्तै दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ।
दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ। व्यास र अपिहिमाल गाउँपालिकाको धेरैजसो भूभाग हिमपातले सेताम्ये भएको छ।
आशिंक सिँचाई सुविधा भएको क्षेत्रका मानिसहरु भने थोरै भएपनि वर्षाले राहात पुगेको भन्दै खुसी भएका छन।
