डोटीको शान्तिनगरबाट धनगढी सम्म हाईस सेवा सञ्चालन

डोटी- डोटीको शान्तिनगरबाट धनगढी सम्म हाईस सेवा सञ्चालन हुने भएपछि स्थानिय हर्शित भएका छन् । गुँरास सुपर यातायात प्रा.लि. अत्तरिया कैलालीले शान्तिनगबाट धनगढी सम्म निरन्तर हाईस सेवा सञ्चालन गर्ने आज एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ ।

धनगढी लगायतका ठाउँमा जानु परे स्थानियले सिलगढी पुग्नु पर्ने बाध्यता थियो । अव शान्तिनगरबाट नै धनगढी सिधै पुग्न पाईने भयो भन्दै स्थानिय हर्षित भएका हुन् । आज शान्तिनगरमा रिवन काटेर टिकट काउन्टरको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता गुँरास सुपर यातायात प्रा।लि। अत्तरिया कैलालीका अध्यक्ष संगम आचार्याले गर्नु भएको थियो भने प्रमुख अतिथि पुर्विचौकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अंक बहादुर खड्का रहनु भएको थियो ।

 

Sayalb

कार्यक्रमा गुँरास सुपर यातायात प्रा.लि. का पधाधिकारी, इलाका प्रहरी कार्यालय लडागडा, स्थानिय रेडक्रसका साथै सर्वसाधारणको उपश्थिति रहेको शाजेन्द्रश्वर माद्यामीक विद्यालयका शिक्षक देव बहादुर बोहराले जानकारी दिनु भयो ।

 

शान्तिनगरबाट प्रत्येक दिन बिहान ८ बजे हाईस धनगढीका लागी छुट्ने गुँरास सुपर यातायात प्रा।लि।का अध्यक्ष आचार्याले बताउनु भयो ।

Shaileshwori
Loading...