प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह

तेजु ओली /डोटी
प्रजातन्त्र दिवसको अबसरमा डोटीको जिल्ला कारागारमाबाट सरकारले ३ जना कैदिबन्दीको कैद मिनाह गरेको छ । जिल्लाको आदर्श गाँउपालीका वडा नं ५ का एक जना र पुर्बी चौकी गाउँ पालिकाका दुइ जना गरी तिन जनालाई मिनाहा गरेको जिल्ला कारागार डोटीका जेलर लाल बहादुर बोगटीले बताउनुभएको छ ।

५० प्रतिशत कैद भुत्तान गरेका, कारागार भित्र असल चालचलन देखाएको र मुद्धाको अन्तिम टुंगो लागेका कैदीहरुको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ । ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका आदर्श गाँउ पालीका वडा नं ५ का धर्मे लुहार, सवारी ज्यान पुर्बी चौकी गाउँ पालिका ३ न वडाका राम चन्द्र गिरी, कर्तव्य ज्यानको सजाय भोगिरहेका किष्ने बोगटीको कैद मिनाह गरिएको हो ।
गृह मन्त्रालय स्थानीय प्रसासन को पत्राअनुसार को निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा कैदीबन्दीहरुलाई उनीहरुको मुद्धाको प्रकृति र बानी व्यहोरा हेरी सम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकाहरुलाई कैद मिनाह दिने गरेको छ ।
