नागरिक आवाज र कर्तव्य अभ्यासकर्ता तालिम सम्पन्न

नागरिक आवाज र कर्तव्य अभ्यासकर्ता तालिम सम्पन्न भएको छ । डोटीको दिपायलमा पाँच दिन देखी जारी तालिम शनिबार सम्पन्न भएको छ । वल्ड भिजनको सहयोगमा सामुदायिक विकास केन्द्र डोटी र प्रगतिशिल युवा समाज बझाङ मार्फत संचालित समावेशी तथा गुणस्तरिय शिक्षा प्राविधिक कार्यक्रम अन्र्तगत डोटीका ६ जना र बझाङका ७ जना गरी जम्मा १३ जनाको सहभागिता रहेको थियो ।
नागरिक आवाज र कर्तव्य स्थानिय स्तरमा सेवा सुधारका लागि पैरवी गर्ने एक विधी हो । स्थानिय स्तरमा सेवा सुधारका लागी सरोकारवालाहरुको संलग्नता अभिवृद्धी गरी सेवाग्राही र सेवाप्रदायकलाई आ-आफ्नो क्षेत्रमा कसरी सेवाप्रवाहमा जवाफदेहीता कायम गर्न सकिन्छ भन्ने बिषयमा नागरिक आवाज र कर्तव्य अभ्यासकर्ता तालिमको आयोजना गरिएको थियो । वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा डोटी जिल्लाका ३० वटा तथा बझाङ जिल्लाका ३० गरी ६० सामुदायिक विद्यालयहरुका सबै बालबालिकाहरुको समावेशी तथा गुणस्तरिय शिक्षामा समन्यायिक पहँुच अभिवृद्धी गर्ने र स्थानिय स्तरमा पैरवीको माध्यम बाट सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपाल सरकारको बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तय गरेका १४९ वटा सुचकहरु मध्ये प्राथमिकतामा रहेका न्युनतम सुचकहरु पुरा गर्न र सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी स्थानिय स्तरको खुला सञ्जाल लाई परिचालन गर्न क्षमता विकास गर्ने उद्देश्य रहेको कुरा सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष श्री हेमराज जोशीले उक्त तालिमको समापन कार्यक्रमका बताउनु भएको हो ।
