पार्टी एकताका लागी अध्यक्षको पद छोड्न तयार : मल्ल (भिडियो सहित)

टेक साउँद
पार्टी एकताका लागी आबश्यक परेमा पार्टी अध्यक्षको जिम्मेवारी समेतबाट राजिनामा दिन तयार रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटी अध्यक्ष चक्र मल्लले बताउनु भएको छ । नेकपाको प्रचण्ड- नेपाल समुहले आयोजना गरेको संसद पुर्नस्थापनाको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले उक्त कुरा बताएका हुन ।
पार्टीमा बिवाद आएपछी बिभिन्न कित्तामा लागेका पार्टीका नेताहरु मुल पार्टीमा आउन आग्रह गर्दै मल्लले भने ‘तपाई यो बिचमा कहाँ लाग्नु भयो भनेर कुनै बिवाद हुने छैन्, फरक टिममा लागेका साथीहरु आउनु होस तपाईलाई पुरानो जिम्मेवारीबाट हटाईएको छैन तपाईको भूमिका अनुसारको जिम्मेवारी पाउनु हुन्छ त्यसका लागी मैले पार्टी अध्यक्ष समेत छोड्न तयार छु । ’
पार्टी र संगठनको पक्षमा दृढताका साथ काम गर्न सक्ने नेतृत्वलाई नेतृत्व हस्तान्तरणका लागी तयार रहेको मल्लले बताए । मल्लले भने ‘पार्टी बन्नु पर्छ भन्ने मेरो मान्यता हो म रहीरहनु पर्छ भन्ने होईन्, आउँनु होस यो मुल पार्टीमा लाग्नु होस क्षमता अनुसारको भूमिकाको कहीँ अभाब हुन दिने छैन् ।’
सत्ताको मातका कारण केही ब्यक्तीले गरेका कारण केपी शर्मा ओलीको पक्षमा रहेका अन्य ब्यक्ती पनि त्यसको लज्जीत हुन पर्ने कुनै कारण छैन त्यसैले एकताको पक्षमा भभिनु होस हाम्रो पार्टीबाट कुनै बिभेद हुने छैन् ।
सर्बोच्च अदालतले गरेको निणर्य देश र जनताको पक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य कमलबहादुर गड्सिलाले बताए । गड्सिलाले भने ‘आज संबिधानबादको बिजय भएको छ, नेपाली जनताको बिजय भएको छ अब हामी पार्टी एकताका साथ एक ढिक्का बनाएर अघी बढ्न आबश्यक छ ।’ दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार नेकपाका नेता तथा कार्यकर्ताको हसभागीता रहेको थियो । संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको निणर्यको स्वागत गर्र्दै नेकपाका नेता तथा कार्यकर्ताले खुसीयाली बाँडेका थिए ।

Sayalb

https://www.facebook.com/100002910615599/videos/3705380796235571/

Shaileshwori
Bolpatra
Loading...