किशोरी तथा युवाहरुको लागि मनोसामाजिक तथा तनाव व्यवस्थापन तालिम सम्पन्न

तेजु ओली/ डोटी – सम विकास केन्द्र (ई.डि.सी) को आयोजना मा सन्चालित किशोरी तथा युवाहरुको लागि मनोसामाजिक तथा तनाव व्यवस्थापन तालिम सिलगढीमा सम्पन्न भएको छ।

फाल्गुण १४ र १५ गते दुइ दिन सन्चालन भएको थियो। कोरना भाइरस कोभिड १९ को जोखिममा रहेका व्यक्ति, समुदाय, बालबालिका,हिंसाबाट प्रभावित महिलाहरु कोभिडको कारणले उत्पन्न तनाव,डर र त्रासमा रहेका महिला पुरुषहरुको तनाव कम गर्न किशोरी,युवा स्वयंसेवकहरुक सिप र क्षमता विकास गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सम बिकास केन्द्र ले जनाएको छ ।
यस तालिमले कोभिडको कारणले उत्पन्न तनाव,डर र त्रास कम गर्न संक्रमित भएका महिला,पुरुष तथा किशोरीहरुको तनाव व्यवस्थापन तथा मनोसामाजिक परार्मश सम्बन्धि सहयोग र सेवा उपलव्ध गराउन भुमिका निर्वाहको लागि परिचालन हुने छन । दुई दिन सम्म संचालित यस तालिममा दिपायल सिलगढी नगरपालिका वडा नं।४, ५ र ७ का १५ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो ।
