हृदयघातबाट डडेल्धुराका एक युवकको मृत्यु

डडेल्धुराका एक युवकको ह्रदयघातबाट मृत्यु भएको छ । अजयमेरु गाउँपालिका–३ भुल्कुडा घर भइ नेपाल टेलिकम डोटीमा कार्यरत युवक दिनेश पाण्डेयको ह्रदयघात कारण शुक्रबार मृत्यु भएको हो ।

bhukampa

हृदयघात भएपछि उपचारका लागि धनगढी लगिएकोमा उहाँको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । उहाँ नेपाल टेलिकम डोटीमा कार्यरत हुनुहुन्थ्यो भने डोटी बहुमुखी क्याम्पसमा बिबिएक दोस्रो बर्षमा अध्ययन गरिरहनु भएको थियो । मुटुको समस्याबाट ग्रसित रहेका पाण्डेयलाई शुक्रबार हृदयघात भएको थियो ।

Shaileshwori
Loading...