पुर्विचौकी गाउँपालिकामा लगत संकलन इकाई कार्यालयको स्थापना

डोटीको पुर्विचौकी गाउँपालिकामा भुमी सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाईको स्थापना भएको छ । आईतवार भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीको आयोजनामा गाउँपालिकामा इकाईको स्थापना गर्नुका साथै एक दिने अभिमुखिकरण तालिम दिईएको भुमी सम्बन्धि समस्या समाधान आयोग डोटीका विज्ञ सदस्य झलक पालिले जानकारी दिनु भयो । भुमिको सम्बन्धमा स्थानिय सरकारले उच्च प्राथमिकता दिएर काम गर्ने पुर्विचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला देवी साउदले बताउनु भयो । कार्यक्रमको उदेश्यको बारेमा भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश बिष्टले प्रकाश पार्नु भएको थियो भने अभिमुखिकरण कार्यक्रको प्रस्तुतिकरण विज्ञ सदस्य झलक पालिले गर्नु भएको थियो ।


पुर्विचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला देवि साउद सभापति रहनु भएको कार्यक्रमको प्रमुख अथितिमा भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्ट रहनु भएको थियो । अहिले सम्म डोटी जिल्लाका पाँच ओटा स्थानिय तहमा लगत संकलन ईकाइ कार्यालय स्थापनाको काम सम्पन्न भईसकेको र चार स्थानिय तहमा बाकी रहेको सदस्य पालिले बताउनु भयो । कार्यालय स्थापना हुन बाकी रहेका स्थानिय तह शिखर नगरपालिका, जोरायल, बडीकेदार र सायल गाउँपालिका हुन् ।
